काठमाण्डु– बुधबार पनि नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । आज तोलामा २ हजार ७ सयले बढेर सुनको भाउले नयाँ रेकर्ड राखेको छ ।
मंगलबार १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ८७ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि सोमबार प्रतितोला १ लाख ८६ हजारको उच्चतम रेकर्ड थियो ।
यस्तै बुधबार चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । मंगलबार तोलामा १९ सय ४० मा कारोबार भएको चाँदी बुधबार १९ सय ५५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया