दसैँपछिको पहिलाे कारोबार : १४ सयले बढ्यो सुनको भाउ

दसैँपछिको पहिलाे कारोबार : १४ सयले बढ्यो सुनको भाउ


काठमाण्डु-दसैँपछिको सुनचाँदीको कारोबार आजबाट सुरु भएको छ ।

कारोबार सँगै मंगलबार सुनको मूल्य बढेको छ । यसअघि असोज २३ गतेको तुलनामा मंगलबार सुनको भाउ १ हजार ४०० रुपैयाँ बढेको हो ।

उक्तदिन सुनको मूल्य तोलामा १ लाख ५९ हजार १०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार सुनको मूल्य तोलामा १ लाख ६० हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । असोज २३ मा तोलामा १ हजार ९०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज रु २५ बढेर तोलामा १ हजार ९२५ रुपैयाँमा कारोबार भएको हो ।