काठमाण्डु– मंगलबार पनि नेपाली बजारमा सुनको भाउ घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको हो ।
सोमबार १ लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार १ लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार १८३० कायम भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
प्रतिक्रिया