काठमाण्डु–नेपाली बजारमा सुनको भाउले आज हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ।
सुनको भाउ मंगलबार ८ सय रुपैयाँले बढेको हो ।
१ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार १ लाख ५३ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
भदौ ५ गते १ लाख ५३ हजार पुगेर सुन केही सस्तिएका थियो।
चाँदीको मूल्य आज तोलाको एक हजार ८ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदीको मूल्य १ हजार ८५० रुपैयाँ थियो।
प्रतिक्रिया