काठमाण्डु – स्थानीय बजारमा सुनको मूल्य आज पनि बढेर नयाँ रेकर्ड कायम गरेको छ। आइतबार प्रतितोला पाँच सय रुपैयाँले बढेको सुनको मूल्य सोमबार पनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाला सुनको मूल्य पाँच सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँ कायम भएको जनाएको छ। यो मूल्य हालसम्मकै उच्च हो।
यसअघि भदौ ३० गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो। त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ कायम भएको थियो।
यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
प्रतिक्रिया