बढ्यो सुनको मूल्य, तोलाको कति ?

बढ्यो सुनको मूल्य, तोलाको कति ?


काठमाण्डु – लगातार ओरालो लागेको सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन तोलामा एक हजार पाँच सयले वृद्धि भएको जनाएको छ ।

बिहीबार प्रतितोला एक लाख ५५ हजार छ सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ५७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य आज तोलामा ३५ ले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार आठ सय ८० मा कारोबार भएको चाँदी आजएक हजार नौ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।