काठमाण्डु – नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य ४०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन आज घटेर प्रतितोला ९९ हजार ९०० रुपैयाँ कायम भएको छ ।
बिहीबार भने छापावाल सुन तोलाको १ लाख ३०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन तोलाको १ लाख ८०० रुपैयाँ निर्धारण भएको थियो ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १३ सय ७० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ कायम रहेको थियो ।
प्रतिक्रिया