काठमाण्डु – शुक्रबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाले आज सुन तोलामा २०० रुपैयाँले बढेको जनाएको हाे ।
महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आज चाँदी तोलामा १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया