सुनको मूल्यले सातौँ दिन पनि बनायो नयाँ रेकर्ड, तोलाको कति ?

सुनको मूल्यले सातौँ दिन पनि बनायो नयाँ रेकर्ड, तोलाको कति ?


काठमाण्डु – बुधबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ बढेर एक लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको मूल्यमा नयाँ रेकर्ड रहेको पनि महासंघले जनाएको छ ।

पछिल्ला सात कारोबार दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउदै आएको छ । नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, यस दिन चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । यस दिन चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर रेकर्ड बनाएको हो ।

बुधबार चाँदी प्रतितोला दुई हजार १३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार ९५ रुपैयाँमा खरिदबिक्री भएको थियो । त्यो मूल्यलाई ब्रेक गर्दै निरन्तर चौथो दिन चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको हो ।