प्रहरीले अबैध सुन बरामद गर्न थालेपछि सुन तस्करका नाईकेहरूको भागाभाग

प्रहरीले अबैध सुन बरामद गर्न थालेपछि सुन तस्करका नाईकेहरूको भागाभाग


काठमाडौं–नेपाल प्रहरीले विभिन्न स्थानबाट अबैध सुन बरामद गर्न थालेपछि सुन तस्करका नाईकेहरू छटपटाउन थालेका छन् । पछिल्लो एक बर्षको अवधिमा प्रहरीले काठमाडौं र रसुवाबाट मात्रै एक सय पचास किलो भन्दा बढी सुन बरामद गरेपछि तस्करहरू छटपटाउन थालेका हुन् । प्रहरीले मात्र होईन सुन बोक्ने भरिया र क्यारिङवाला स्वयम्ले सुन बोकेर फरार हुन थालेपछि झन सुन तस्कर तर्सित हुन थालेका छन् । एक बर्षको अवधिमा प्रहरीले बरामद गरेको बराबरको सुन भरिया र क्यारिङवालाले गायव बनाएको चर्चा यतिखेर तस्करबीच चल्न थालेको छ ।

 नेपालका नामुद सुन तस्कर बौद्धका आम्डो घ्याम्चोले यतिखेर आफ्ना छोरा कुङ्गा टासीलाई प्रयोग गरेर सुनको तस्करी गर्दै आएका छन् । घ्याम्चोको सुन पटक–पटक बरामद भएपनि उनि भने कानुनको कमजोरीको फाईदा उठाउदै उम्कन सफल भएका छन् । २०६९ सालमा काठमाडौं परिसरले बरामद गरेको १६ किलो, २०७० मा काभ्रेमा लुटपाट भएको १२ किलो, त्यसको लगत्तै काठमाडौं प्रहरीले बरामद गरेका ८ किलो सुनका मालिक घ्याम्चो थिए ।

 

तर उनी १६ किलोमा प्रहरीको अनुसन्धानमा तानिएपनि राजश्व अनुसन्धान बिभागले जोगाएको थियो । तत्कालिन समयमा राजश्वका उपसचिव भरत सुवेदीले जोगाएका थिए । तिनै घ्याम्चो अहिले आफ्नो छोरा कुङ्गालाई अघि सारेर नियमित सुन तस्करी गर्दै आएका छन् । उनको सुन क्यारिङ सिन्धुपाल्चोकका टेम्बो शेर्पा, राजु घलान तमाङ, सोनाम शेर्पा लगायत एक दर्जनले गर्दै आएका छन् ।

 

 स्रोतका अनुसार पछिल्लो समय तस्करी गरी ल्याएको ५ किलो सुन सहित घ्याम्चोका भरिया सोनाम शेर्पा फरार छन् । स्रोतका अनुसार भरिया शेर्पा भारतको दिल्लीमा छन् । त्यस्तै सुन तस्करका अर्का नाईके हुन् सिन्धुपाल्चोक घर भई बौद्ध बस्ने शम्भू शेर्पा तस्करीबाटै करोडपति बनेका हुन् । शेर्पा अहिले बौद्धमा रहेको उनको आलिशान महलमा बस्दै होटल हायातको फिटनेश क्लबमा शारिरिक ब्यायामको लागि पुग्ने गर्छन् । देखाउटी व्यवसायी नै केही नभएका शेर्पाको दैनिक भनेकै सुन तस्करी गर्नु हो । सिन्धुपालचोकका छिरिङ शेर्पा पनि सुन तस्करका टप फाईप भित्र पर्ने पात्र हुन् ।

 

ढेड बर्ष अगाडी तातोपानीबाट राजधानी भित्रिदै गरेको बा९च १४६३ नम्बरको कालो कारमा १८ थान सुन बरामद भएपछि छिरिङको धन्दा छताछुल्ल भएको हो । छिरिङ सहित उनका दाजुभाई साङ्गे शेर्पा र मिङमार शेर्पा पनि सुन तस्करका नाईके भएका स्रोतको दाबी छ । सुन तस्करी गरेकै भरमा छिरिङले स्वयम्भूमा बंगला ठड्याएका छन् । लिपिङ सिन्धुपाल्चोकका छिरिङ समान्य परिवाका व्यक्ति हुन् ।

 

सुन तस्करी गरेर छिरिङ हाल करोडका मालिक भएका छन् । भिक्षु पोशाकमा रहेका मिङमारले भिक्षुको भेषमा सुन भारतसम्म पु¥याउने काम गर्दै आएका छन् । उता दोलखाका पेम्पा दोर्जे शेर्पाले पनि एक दर्जन क्यारिङवाला र भरियाको प्रयोग गरेर सुन तस्करी गर्दै आएका छन् । नवीन भन्ने राजुकुमार राई, मोहन कुमारलाई सुन बोक्न लगाउँदै आएका छन् । पछिल्लो समय तातोपानी नाका बन्द भएपछि यी तस्करले केरूङ नाकालाई मुख्य आधार बनाएर सुन तस्करी गर्दै आएका छन् ।

 

तस्करीमा बारम्बार प्रहरीको नाम जोडिँदै आएपनि सुन तस्करहरूले भगवान भरोसाको भरमा काठमाडौं भित्राउँदै आएका छन् । सामान्य चेकजाँचमा सुन बरामद हुदैन, विना सूचना बाटोमा हिडेको गाडीलाई नियन्त्रमा लिएर ४–५ घण्टा खानतलासी गर्न सम्भव नहुने हुँदा सुन तस्करी मौलाएको हो ।

 

दिनको सयौं गाडी केरूङ नाकाबाट काठमाडौं भित्रीन्छ । ति गाडी मध्ये २–४ वटा गाडीबाट सुन पास हुँदै आएको छ । सुन बोक्ने र क्यारिङ गर्नेको चहलपहलमा शंका लागे तस्करीकै सदस्यहरूले प्रहरीलाई खबर गर्दै आएका छन् । भरियाले केही सुन लुकाएर प्रहरीलाई आफै खबर गरी पक्राएर जेल बस्न तयार हुन्छ ।