३३ केजी सुन तस्करी प्रकरण : प्रमाण खोज्दै सरकारी वकिल

३३ केजी सुन तस्करी प्रकरण : प्रमाण खोज्दै सरकारी वकिल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा अभियोग पुष्टि गर्ने भरपर्दो प्रमाण नभएको भन्दै प्रतिवादीका वकिलले अभियुक्तहरूलाई साधारण तारिखमा छाड्न माग गरेपछि सरकारी वकिलले त्यसको खण्डन गर्न छलफल थालेका छन् ।

प्रतिवादीतर्फबाट थुनछेक बहस गरेका ४५ भन्दा बढी कानुन व्यवसायीले उक्त प्रकरणमा गरिएको अनुसन्धान नै त्रुटिपूर्ण र पूर्वाग्रही भएको तर्क गरिरहँदा सरकारी वकिल प्रभावकारी बहसको तयारीमा जुटेका हुन्, आजको कान्तिपुरमा खबर छ ।

अभियोग पुष्टि गर्ने खालका तथ्यसहित प्रत्युत्तर बहस नगरे अधिकांश अभियुक्त तारिख वा धरौटीमा मुक्त हुन सक्ने भएकाले उनीहरू थप दसी प्रमाण जुटाउने योजनामा छन् । अपराधमा संलग्नहरूलाई फेला पार्न उनीहरूकै समूहमा सहभागी भएजस्तो गरेर ‘अन्डर कभर अप्रेसन’ गरिएको भनिए पनि हत्या घटनापछि प्रहरीले दिएको प्रतिवेदनमा मुख्य अभियुक्तबारे उल्लेख नगरिएको विषयलाई उनीहरूले प्रमुखतासाथ इजलाससमक्ष राख्ने भएका छन् । प्रतिवादीका वकिलको बहस जारी छ ।