मलद्वारमा लुकाएर ल्याइएको साढे २ किलो सुन सहित २ भारतीय पक्राउ

मलद्वारमा लुकाएर ल्याइएको साढे २ किलो सुन सहित २ भारतीय पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– मलद्धारमा लुकाएर ठूलो मात्रामा सुन तस्करी गर्न खोज्ने दुई भारतीय नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्। विमानस्थल प्रहरी कार्यालयले  दुई भारतीयलाई पक्राउ गरेको हो।

दिल्ली घर भएका एन ४६१७९० नम्बर राहदानी बाहक ३१ वर्षिय इम्रान र उत्तर प्रदेश घर भएका जेड ४१७४१०७ नमबरको राहदानी बाहाक अरिफ अलीलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुबाट २ केजी ६ सय ७० ग्राम सुन बरामद भएको विमानस्थल प्रहरी कार्यालयका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए।

भन्सारको चेकजाँचमा कर्मचारीहरुले उनीहरुसँग रहेको सुन पत्ता लगाउन सकेनन्। पछि प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दा सुन भेटिएको हो। थाई एयरबाट बैंकक हुँदै उनीहरु नेपाल आएका थिए।

२ साताअघि पनि मलद्धारा लुकाएर सुन तस्करी गर्न खोज्ने भारतीयहरु पक्राउ परेका थिए। त्यस्तै, गत साता मुखमा लुकाएर सुन तस्करी गर्न खोज्ने पनि गत साता पक्राउ परेका थिए। भारतीयहरुले नेपालको विमानस्थललाई ट्रान्जिट बनाएर सुन तस्करी गरिरहेका छन्।