सुन तस्करी प्रकरण : आरके ज्वेलर्समा गृहको छानबिन समितिद्धारा छापा

सुन तस्करी प्रकरण : आरके ज्वेलर्समा गृहको छानबिन समितिद्धारा छापा


काठमाडौं –तस्करीको सुन कारोबार गरेको आरोपमा गृह मन्त्रालयको विशेष समितिले सुन तस्करी प्रकरणमा अभियुक्त रहेका राजेन्द्रकुमार शाक्यको आरके ज्वेलर्सको दरबारमार्ग र न्युरोडस्थित सुन पसलमा प्रहरीले आज छापा मारेको छ ।

शाक्य हाल सुनसरीको झुम्का कारागारमा छन् । विगतमा पनि आरके ज्वेलर्सका कर्मचारीहरु सुन तस्करीको आरोपमा पक्राउ परेका थिए । शाक्य पनि साढे ३३ किलो सुन तस्करी प्रकरणका एक अभियुक्त हुन् ।

सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीको निर्देशनमा सोमबार दिउँसो प्रहरीले छापा मारेको हो ।समितिका सदस्य ग्राहक बनेर पसलमा पुगेका थिए । शाक्य सुन प्रकरण र सनम शाक्य हत्यासम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा छन् ।