स्याङ्जामा उप–प्रधानमन्त्री गोपालमान श्रेष्ठले चुनाव हार्नुको यस्तो रहेछ कारण

स्याङ्जामा उप–प्रधानमन्त्री गोपालमान श्रेष्ठले चुनाव हार्नुको यस्तो रहेछ कारण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङ्जा– दुई निर्वाचन क्षेत्र रहेको स्याङजामा क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभा सदस्यको लागि कांग्रेसबाट बाहालवाला उप–प्रधानमन्त्री गोपालमान श्रेष्ठले उम्मेदवारी दिए । २१ गते सम्पन्न प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनमा स्याङ्जामा बाम गठबन्धनले एउटा नया इतिहास रच्यो ।

 

दुई निर्वाचन क्षेत्र र चार प्रदेश सभा क्षेत्र रहेको स्याङजामा बामपन्थी हाबी बन्न पुग्यो । बाहालवाला उप–प्रधानमन्त्री श्रेष्ठ भने पराजित भए । श्रेष्ठ पराजित भएसंगै कांग्रेसको गढ मात्र नभई कांग्रेसकै जिल्ला भनेर चिनिने स्याङजामा कांग्रेसको विरासत नै तोडियो ।

 

बाहालवाला उप–प्रधानमन्त्री श्रेष्ठलाई ३७०६ फराकिलो मतान्तरले पराजित गर्दै बाम गठबन्धन (एमालेकी) पदमा अर्याल विजयी भइन । अर्यालले ३५ हजार १ सय ४२ मत प्राप्त गरिन भने प्रतिद्धन्द्धि उपप्रधानमन्त्री श्रेष्ठले ३१ ह्जार ४ सय ३६ मत प्राप्त गरे । क्षेत्र नम्बर दुई कांग्रेसकै गढ भनेर चिनिन्थ्यो ।

 

 

अर्यालले स्वंयम आफूले चुनाव जित्छु भन्ने सोचेकी समेत थिइनन । उम्मेदवार बन्नु पार्टी वा गठबन्धनको बाध्यता थियो । यता श्रेष्ठ भने पराजित हुन्छु भन्ने परिकल्पना समेत नगरि आफ्नै गढ रोजेर चुनावमा होमिएका थिए । क्षेत्र नम्बर एकमा श्रेष्ठको घर भएतापनि चुनावी मैदान भने विगतमा झै यसपटक पनि दुई नै रोज्न पुगे ।

 

 

श्रेष्ठले विकास निर्माणका कामहरु समेत क्षेत्र नम्बर दुईमा नै प्राथमिकतामा राख्थे । सोही क्षेत्रका युवाहरुलाई विभिन्न अवसर जुटाइदिन्थे । तर, एक नम्बर क्षेत्रमा प्राथमिकता नदिने श्रेष्ठलाई दुई क्षेत्रकै कांग्रेसले नै धोका दिए । गोपालमान श्रेष्ठ प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निकट नेता भनेर चिनिन्छन् ।

 

 

 

०४८ सालदेखी चुनाव जित्दै राष्ट्रिय राजनितिमा पहु“च बनाएका नेता हुन श्रेष्ठ । अहिलेको उम्मेदवारीसंगै उनी पा“चौ पटक निर्वाचनमा होमिएका हुन ।

 

०४८, ०५१, ०५६ का प्रतिनिधि सभासहित संविधान सभा ०६४ मा पनि उनी उम्मेदवारी बने । ०७० सालमा भने उनी दुई नम्बर क्षेत्रबाट नै समानुपातिक सांसद बने ।
०५१ मा बाहेक उनले सवै निर्वाचनमा प्रत्यक्ष मत पाएर जित हात पारेका थिए । श्रेष्ठ चार पटक मन्त्री भइसकेका छन ।

 

 

 

वाणिज्यमन्त्री (२०४८), निर्माण तथा भौतिक योजनामन्त्री (२०५६), वनमन्त्री (२०६४) र (२०७४) मा उपप्रधानमन्त्रीको जिम्मा उनले पाइसकेका छन । यो पटकको निर्वाचनमा पराजित भएसंगै उनको राजनितिक यात्रा नै टुङिगएको राजनितिक विश्लेषकहरु बताउछन । गुट–उपगुट र सधै एउटै व्यक्ति उम्मेदवार बन्नु नै उनी हार्नुको प्रमुख कारण बनेको विश्लेषकको बुझाई छ ।

 

 

पछिल्लो समय जिल्लामा पनि उनि प्रति कांग्रेसका कार्यकर्ता नै असन्तुष्टि बन्दै गए । स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा समेत उनकै पक्षले पाएको भन्दै विरोध जनाएका कार्यकर्ताहरुले यसपालि पनि विरोध नै गरे । श्रेष्ठले आफ्ना लाइनका व्यक्तिलाई टिकट दिएको र लामो राजनितिक जिवन विताएका पछाडी परे भन्दै असन्तुष्टि पक्षको भीड बढ्दै गयो ।

 

 

श्रेष्ठले असन्तुष्टि पक्षलाई मिलाएर जान खोजेनन् । किनकी उनलाई एकोहोरो घमण्ड थियो क्षेत्र नम्बर दुई कांग्रेसको हव थियो भन्नुमा । जिल्लाकै अभिभावकको रुपमा चिनिदै आएका श्रेष्ठकै कारण स्याङ्जामा कांग्रेसको उपस्थिति बलियो मानिदै आएको थियो । स्याङजाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने वा मन्त्री समेत बनेको हुदा“ जिल्लामा उनको प्रभाव बढ्नु स्वभाविक नै थियो ।

 

कांग्रेसका नेता विश्वश्वरप्रसाद कोइराला (विपी)ले समेत कांग्रेसको संगठन हेर्न स्याङजा जानुपर्छ भन्ने गरी उदाहरणीय बनेको यो जिल्लाले पहिलो पटक साख गुमायो । विपिको भनाईबाट पनि स्याङ्जा कांग्रेसको पकड क्षेत्र चुस्त र दुरुस्त संगठन भन्ने बुझिन्थ्यो । स्थानीय तह विभाजन हुनुपुर्व तीन निर्वाचन क्षेत्र रहेको यहा“ ०७० सालको निर्वाचनमा पनि कांग्रेस दुई क्षेत्रमा विजयी भएको थियो ।

 

 

०६४ सालको निर्वाचनमा क्षेत्र नम्बर एकमा एमाले विजयी भएतापनि दुई र तीनमा कांग्रेस विजयी भएको थियो । २००७ सालदेखी एकलौटी विजयी हुदै आएको स्याङजामा ०५१ सालेदखी पालैपालो एमालेले एउटा क्षेत्र कव्जा गर्दै आएको थियो । २००७ सालदेखी यताको चुनावी परिणम हेर्दा यसपटक जस्तो पराजय कांग्रेसले स्याङ्जामा कहिल्यै व्यहोर्नुपरेन । यसपटक कांग्रेसले विरासत थाम्न सकेन ।

 

दुवै प्रतिनिधि र चार मध्ये तीन प्रदेशमा बाम गठबन्धन विजयी भएको छ । दुई निर्वाचन क्षेत्र मध्ये एकमा ०७० का विजेता राजु थापा र दुईमा श्रेष्ठ उठेका थिए । दुवै जना पराजित भए । ०७० मा दुई नम्बरमा विजयी भएका पार्टी सभापति कमल पंगेनी अहिले प्रदेश सभामा उठेका थिए । उनले पनि कांग्रेसको विरासत जोगाउन सकेनन ।

 

 

पार्टीको आन्तरिक असमझदारी र उम्मेदवारबीचको टकरावका कारण साथै बाम गठबन्धन हुनाले नै जिल्लामा ५ वटै सिट गुम्न पुगेको बुझाइ कांग्रेसका केही अगुवा कार्यकर्ताको छ ।

 

मल्लले जोगाए विरासत
दुई निर्वाचन क्षेत्र र चार प्रदेश सभा क्षेत्र मध्ये ५ वटा क्षेत्र गुमाएको कांग्रेसले एउटा प्रदेश सभा क्षेत्र भने हात पार्न सफल भएको छ । क्षेत्र नम्बर दुईको प्रदेश सभा ख मा उम्मेदवारी दिएका तरुण दल जिल्ला अध्यक्ष भागवतप्रकाश मल्लले भने विरासत जोगाएका छन ।

 

कांग्रेसको जिल्लामा बाम गठबन्धनको झण्डा फरफराइ रहदा मल्ले पनि कांग्रेसको चारतारे झण्डा फरफराउन सफल भए । प्रतिद्धन्द्धी बाम गठबन्धनका सुर्यप्रसाद गैह्रेलाई १५४० मतले पछाडी पार्दै विजयी भएका मल्लले १९ हजार १ सय ७० मत प्राप्त गरेको थिए भने प्रतिद्धन्द्धी गैह्रेले १७ हजार ६ सय ३० मत प्राप्त गरेका थिए । मल्ल तरुण दलका जिल्ला अध्यक्ष पनि हुन ।