व्यक्तिको गोपनीयता भंग गरे तीन वर्ष कैद

व्यक्तिको गोपनीयता भंग गरे तीन वर्ष कैद


काठमाडौ – सम्बन्धित व्यक्तिलाई नसोधी कसैले गोपनीयता भंग गरे तीन वर्ष कैद हुने व्यवस्थासहितको मस्यौदा तयार भएको छ । मौलिक हक कार्यान्वयनका लागि आवश्यक पर्ने १५ वटा कानूनी मस्यौदामध्ये गोपनीयताको विषयमा मस्यौता तयार भएर मन्त्रिपरिषद् पठाइएको कानून मन्त्रालयले जनाएको छ ।

कानूनी मस्यौताको गोपनीयतासम्बन्धी हकमा व्यक्तिको मञ्जुरीविना कसैको गोपनीयता भंग गर्न नपाइने उल्लेख गरिएको छ । गोपनीयताको हनन भएमा ४५ दिनभित्र उजुरी गर्नुपर्ने व्यवस्था मस्यौदामा व्यवस्था गरिएको छ । कुनै पनि व्यक्तिको मञ्जुरी नलिइकन निजको जीउ, प्रयोग गर्ने वस्तुको अनावश्यक खानतलासी गर्न नहुने मस्यौतामा उल्लेख छ ।