कारागार भित्रै गाेरेले अात्महत्या प्रयास गरे

कारागार भित्रै गाेरेले अात्महत्या प्रयास गरे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं– ३३ केजी सुनकाण्ड र शनम शाक्य हत्याका मुख्य अभियुक्त चूडामणि उप्रेती (गाेरे) ले अाफैले लगाएकाे सर्टले घाटीमा पासाे लगाएर केन्द्रीय कारागार सुन्धारा भित्रै अात्महत्या प्रयास गरेका छन् ।

सुनकाण्ड र शाक्य हत्याकाण्ड पछि समातिएपछि गाेरे लामाे समयदेखि मानसिक समस्यामा थिए । एकाेहाेराे हुने, तनाबमा अाउदा टाउकाे भित्तामा ठाेक्ने क्रियाकलाप गर्दै अाइरहेका गाेरेले गत साता अाफैले लगाएकाे सर्ट च्यातेर केन्द्रीय कारागार सुन्धारा स्थित गाेलघर भित्र आत्महत्याको प्रयास गरेकाे कारागार स्राेतले जानकारी दिएकाे छ ।

मोरङ जिल्ला अदालतले सनम हत्या र सुनकाण्डकाे सुनुवाइ पछि पुर्पक्षका लागि थुनामा राख्न अादेश दिएपछि गाेरेलाइ गत जेठ २८ मा सुनसरीकाे झुम्का कारगारबाट काठमाडाैं ल्याइएको थियो। सम्पत्ति अनुसन्धानको लागि सम्पति सुद्धिकरण विभागले काठमाडौं झिकाएको थियो। ०७४ माघ ७ मा त्रिभुवन विमानस्थलबाट ३३ किलो सुन काठमाडौं भित्र्याएर पनि गायब भए पछि शनम शाक्यको हत्या भएको थियो।