काठमाण्डु – नेकपा माओवादी केन्द्र निकट भातृ संगठनहरुले नेपाल रास्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बरखास्तगीको माग राख्दै प्रदर्शन गर्ने भएको छ ।
माओवादी केन्द्र निकट भातृ संगठनहरु वाइसिएल र अखिल क्रान्तिकारीले आज अपरान्ह ४ बजे माइतीघरबाट संयक्त रुपमा विरोध प्रदर्शन गरिने उपाध्यक्ष जीपी मैनालीले जानकारी दिए ।
हालै गठित नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा गभर्नर अधिकारीसँग मिल्ने नाम सार्वजनिक भएपछि उनीबिरुद्ध समाजिक सञ्जालमा ब्यापक आलोचना भइरहेको छ ।
महाप्रसाद अधिकारी नैतिक रुपमा रास्ट्र बैंकको गभर्नरको पदमा बसिरहन नमिल्ने भन्दै ति संगठनहरुले सडक संघर्ष शुरु गरेका हुन ।
प्रतिक्रिया