स्वार्थ समूहले खेलेपछि गभर्नर नियुक्ति पनि भाडियो,देउवालाई मनाउन सक्रिय भट्ट को हुन् ?

स्वार्थ समूहले खेलेपछि गभर्नर नियुक्ति पनि भाडियो,देउवालाई मनाउन सक्रिय भट्ट को हुन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल राष्ट्र बैंकको नेतृत्व कार्यबाहक नै राखेर केही समय चलाउने डिजाइनमा स्वार्थ समूहहरु लागेको पाइएको छ । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच गभर्नर नियुक्तिमा कुरा नमिलेपछि स्वार्थ समुह वरिष्ट डेपुटी गभर्नर नीलम ढुंगानालाई केही समय कामु बनाएर आफ्नो स्वार्थ सिद्धि गर्न लागेको छ ।

गभर्नर महाप्रसाद अधिकारी ५ वर्षे कार्यकाल सकेर गत शुक्रबार नै विदा भएका थिए । देशको आर्थिक अवस्था बेहाल भएको बेला समयमा गभर्नर नियुक्त गर्नुपर्नेमा प्रधानमन्त्री, अर्थमन्त्री र सत्तारुढ दलका सभापति देउवा भने गभर्नरजस्तो संवेदनशिल पदमा आफु निकटकालाई ल्याउन खेलांची गरिरहेका छन् ।

यसअघि स्वार्थ समूहले बोकेकै उम्मेदवार धितोपत्र बोर्डमा नियुक्त नगर्दा माओवादी र एमालेको गठबन्धन सरकार नै ढलेको थियो । अहिले पनि त्यही समूह अर्थमन्त्रालय मातहतका सबै नियुक्तिमा हावि छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले गभर्नर नियुक्त गर्ने अपेक्षा गरेपनि पात्रमा कुरा नमिल्दा अहिलेसम्म गभर्नर छान्ने समितिको बैठक समेत बस्न सकेको छैन । अर्थमन्त्रीको नेतृत्वमा बनेको समितिमा पूर्व गभर्नर विजय भट्टराई र कांग्रेस नेता विश्व पौडेल विज्ञका रुपमा सदस्य छन् । गभर्नर पद रिक्त हुंदा समेत बैठक वस्न नसकेपछि सिफारिस समितिलाई शिर्ष नेताहरुले पंगु बनाएको गुनासो छ ।

गभर्नर प्रधानमन्त्री ओली बैंकक जानुअघि नियुक्त गर्ने चर्चा थियो । त्यसका लागि आफु निकट व्यक्तिलाई ल्याउन नियम नै परिवर्तन गर्न स्वार्थ समूह सफल भएका थियो । गभर्नरका लागि स्वार्थ समूहले पूर्वमुख्यसचिव राजेन्द्र किशोर क्षत्रीको नाम अघि सारेको थियो । उनि अर्थको कुनै पनि जानकारी नभएका पूर्व प्रशासक हुन् ।

त्यसको विकल्पमा उनिहरुले राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टलाई पनि आफुहरुले गभर्नर बनाइदिने आश्वासन दिएपनि भट्टले त्यसरी जान आफु सहमत नभएको भन्दै उनिहरुको प्रस्तावलाई अस्वीकार गरेको स्रोतको दावी छ । त्यसपछि उनिहरुले डेपुटी गभर्नर ढुंगानालाई नै आफ्नो उम्मेदवार बनाएर अहिले कांग्रेस सभापति देउवातिर लविङ गरिरहेका छन् ।

देउवाले सुरुमा क्षत्रीको विकल्पमा रविन्द्र पाण्डेको नाम लगेका थिए । त्यसमा अर्थमन्त्री पौडेल र प्रधानमन्त्री ओलीको असहमति छ । पाण्डेको पक्षमा प्रकाशशरण महत व्यापारीहरु नरेश श्रेष्ठ र पृथ्वी पाण्डेलगायतले लविङ गरिरहेका छन् । प्रधानमन्त्रा ओली अहिले ढुंगानाको पक्षमा देखिएका छन् ।

अर्थमन्त्री पौडेल र एमाले महासचिव शंकर पोखरेलले राष्ट्र बैंकका निर्देशक प्रकाश श्रेष्ठको नाम अघि सारेपनि ओलीले त्यसलाई ठाडै अस्वीकार गरेका छन् । श्रेष्ठ एमाले निकट हुन् । प्रधानजमन्त्रीले झापा घर भएकी ढुंगानालाई बनाउन र कांग्रेस सभापति देउवालाई गलाउन अहिले गभर्नर नियुक्ति नै रोकेर राखेका छन् । एमाले निकट भनिएकी ढुंगानालाई गभर्नर बनाउन कांग्रेस नेताहरु तयार नभएको स्रोत बताउंछ ।

ढुंगानालाई गभर्नर बनाउनेमा स्वार्थ समुह र प्रधानमन्त्री ओली नै लागेपछि रोक्न उनि निकटकै दौडधुप छ । तर, त्यसमा कांग्रेस सभापति देउवालाई मनाउने प्रयास जारी छ । त्यसका लागि देउवा निकट सुदुरपश्चिमका रामचन्द्र भट्ट सक्रिय छ । उनि कांग्रेसको सरकार हुंदा नियुक्ति,सरुवा र बढुवामा हावि हुने गरेका छन् ।

‘अहिले हाम्रो सभापतिलाई महिला र वरियतामा अघि भएको आधारमा नीलमलाई गभर्नर बनाउन सहमत गर्ने कोशिस भइरहेको छ । तर, त्यसमा देउवा मान्नुभएको छैन । स्वार्थ समुहले धेरै नखेले गभर्नर कांग्रेसकै भागमा पर्छ ।’ स्रोतले भन्यो ।

कांग्रेसले गर्भनर कुनै पनि हालतमा नछोड्ने निर्णय गरिसकेको छ । तर, स्वार्थ समुहको दुवै नेतालाई मिलाउन अहिले तिव्र दौडधुपमा छ । देउवा निकट स्रोतकाअनुसार गभर्नरमा देउवाले गुणाकरलाई नियुक्त गर्ने अडान लिएपछि अहिले एमालेले डेपुटी गभर्नर भएको व्यक्ति गभर्नर हुनुपर्ने फण्डा झिकेपनि त्यसमा देउवाले ठाडै अस्वीकार गरेका छन् ।

कांग्रेस सभापति देउवाले यसअघि पाण्डेलाई बनाउन भनेपनि उनको नाममा समेत विरोध भएपछि देउवाले विकल्पका रुपमा गुणाकर भट्टलाई अघि सारेका छन् । भट्ट यसअघि अर्थमन्त्री प्रकाशशरण महत अर्थमन्त्री हुंदा सल्लाहकार समेत थिए । उनले सोमबार परराष्ट्रमन्त्री आरजु राणा देउवालाई समेत भेटेका थिए । सुदुरपश्चिका कांग्रेस नेताहरुले भट्टलाई गभर्नर बनाउन दबाव दिइरहेका छन् । गुणाकरको घर कैलाली हो ।

‘अहिले प्रधानमन्त्री ओली सकभर कांग्रेस सभापति देउवालाई नीलमको नाममा सहमत गर्न लागेका छन् । नभए केही समय कामुमै चलाउने योजनामा छन् ।’ प्रधानमन्त्री निकट स्रोतले भन्यो ।

सोमबार सरकारले गभर्नर नियुक्त गर्न नसकेपछि सेयर बजार समेत ओरालो लागेको थियो । अहिले सेयर बजारले ढुंगाना गभर्नर बन्ने चर्चा भएपछि रातो झण्डा देखाइरहेको छ । उनलाई स्वार्थ समुहले चलाउने त्रास भएपछि बजारले रातो झण्डा देखाएको सेयर बजारका विज्ञहरुको दावी छ ।