प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन जम्मा भयो सवा १० करोड

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन जम्मा भयो सवा १० करोड


काठमाण्डु – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकै दिन १० करोड २६ लाख रकम जम्मा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत विभिन्न संस्थाले कोषमा आजै त्यति मात्रामा रकम जम्मा गरेका हुन् ।

९ संस्थाले दिएको रकम त्यति मात्रामा पुगेको हो । आज सबैभन्दा धेरै आइएमइ ग्रुपले ५ करोडको चेक हस्तान्तरण गरेको छ । नेपाल बैँक लिमिटेडले २ करोड र नेपाल निर्माण व्यवसायी विकास परिषद्ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि आज एक करोडका चेक हस्तान्तरण गरे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएका सहयोग हस्तान्तरण कार्यक्रममा सत्ताको नेतृत्वकर्ता नेकपा एमालेले ५० लाख, सत्ता सहयात्री दल नेपाली कांग्रेसले ५० लाखका चेक हस्तान्तरण गरे ।

त्यस्तै एनएमबी बैँकले ५१ लाख, नेपाल इन्स्योरेन्सले ५० लाख, मेटलाइफ इन्स्योरेन्सले २५ लाख रकम हस्तान्तरण गरे ।

तीन दिन परेको अविरल बर्षापछिको बाढीपहिरोबाट भएकव् जनधनको क्षतिपछि राहतका लागि विभिन्न संघसंस्थाले कोषमा रकम जम्मा गर्ने क्रम जारी छ । सरकारले मृतकका पारिवारलाई र घरबास बगाएर पीडित बनेकालाई राहत दिने निर्णय गरिसकेको छ । गृह मन्त्रालयले लगत संकलनको कार्य भइरहेको जनाएको छ ।