अडानबाट पछि हटे प्रधानमन्त्री, अन्तत: दुई उपप्रधानमन्त्री नियुक्त

अडानबाट पछि हटे प्रधानमन्त्री, अन्तत: दुई उपप्रधानमन्त्री नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– ३ फागुन २०७४ मा सरकारको नेतृत्व सम्हाल्दा उपप्रधानमन्त्री नराख्ने निर्णय लिएका प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः आफ्नै अडानबाट पछि हटेका छन्।

उनले आफ्नै अडाविपरीत शुक्रबार दुई जनालाई उपप्रधानमन्त्री बनाएका हुन्। चौथो पटक पटक मन्त्रिपरिषद् विस्तार गर्दा उनले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री नियुक्त गरे।

ओलीले रक्षामन्त्री ईश्वर पोखरेललाई पनि उपप्रधानमन्त्रीमा बढुवा गरे।

वरीयतामा पोखरेलपछि यादव रहनेछन्। यस्तै, सञ्चार एवं सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटालाई मन्त्रीमा बढुवा गरिएको छ। फोरम नेपालका मोहम्मद इस्तियाक राईलाई शहरी विकास मन्त्रीमा नियुक्त गरिएको छ।

२०७२ मा पहिलोपटक प्रधानमन्त्री बन्दा ६ जना उपप्रधामन्त्री नियुुक्त गरेर व्यापक आलोचना खेपेका थिए।

१४ फागुन २०७४ मा तत्कालीन माओवादी केन्द्रका चार मन्त्री सामेल गरेर मन्त्रिपरिषद् विस्तार गर्दा ओलीले यस पटक सरकारमा उक्त पदै नराख्ने निर्णय गरेका थिए।

तर, हाल आएर तत्कालीन एमाले र माओवादी एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भइसकेको छ। फोरम नेपालबाट २ जना थपिएसँगै मन्त्रिपरिषद २४ सदस्यीय भएको छ।