काठमामडौं – अनसनरत डा गोविन्द केसीको समर्थन गर्दै काठमाडौंको माइतिघरमा प्रर्दशन गरिएको छ । सोलिडारिटी फर डा केसी अलायन्सको अगुवाइमा शनिबार प्रदर्शन गरिएको हो।
डा.गोविन्द केसीको माग सम्बोधनका लागि सरकारलाई दवाव दिने उद्देश्यले केसी समर्थकले प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले केपी ओली नेतृत्वको सरकारले डा केसीको माग पूरा गर्न गाम्भीर्यता नदेखाएको भन्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेका छन् ।
प्रदर्शनका क्रममा केसी समर्थक चिकित्सक, राजनीतिकर्मी, अधिकारकर्मीलगायतको सहभागिता रहेको छ ।चिकित्सा शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै डा केसीले ११ दिनअघि इलाम पुगेर १६ औं अनसन सुरु गरेका थिए । उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि शुक्रबार बिहान हेलिकम्टरमार्फत काठमाडौं ल्याइएको थियो ।
माइतीघरबाट सुर भएको विरोध प्रदर्शन बानेश्वरतिर लागेको छ। सहभागीहरुले ’सबै कुरा प्रस्ट छ, ओली सरकार भ्रष्ट छ’, ’एक-दुई-तीन-चार हामी मान्ने छैनौ हार’, ’पाँच-छ-सात-आठ माफियाको कान समात’, ’जिकेसीको अनसन माफियालाई टेन्सन’, ’माफियाका ताँती ओली सरकारका साथी’ लगायतका नारा लगाएका छन्।
प्रतिक्रिया