‘ग्रिन टि’ चिया मस्तिष्कमा उर्जा संचार गराउन सहयोगी

‘ग्रिन टि’ चिया मस्तिष्कमा उर्जा संचार गराउन सहयोगी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – ‘ग्रिन टि’ अर्थात् हरियो पत्ती चिया हिजोआज निकै चल्तीमा रहेको छ । स्वास्थ्यप्रति सचेत रहन मध्यमवर्गीय परिवारमा हरियो पत्तीको चिया खानु एउटा नयाँ फेसन हुन थालेको छ।

व्यस्त भएका कारण अचेल मानिसहरु व्यायाम गर्ने फुर्सदसमेत पाउन छाडेका छन् । व्यायाम गर्ने समय नपाउनेहरु अहिले विभिन्न औषधि वा चियाको सहारा लिएर दुब्लाउने प्रयास गरिरहेका छन् ।

दुब्लाउनका लागि चलनचल्तिमा रहेको ग्रीन टी खानेहरुको संख्या हृवात्तै बढेको छ । देशभित्रै ग्रीन टी बर्षेनी १० लाख मेट्रिक टनजति उत्पादन हुन्छ । साथै यो बाहिरबाट समेत आयात गर्ने गरिन्छ ।हिजोआज ‘ग्रिन टि’ अर्थात् हरियो पत्ती चिया निकै चल्तीमा रहदै आएकोछ । हरियो चियामा पाइने इजिसिजी नामक तत्वले मस्तिष्कको क्रियाकलापमा तात्विक भिन्नता ल्याउंछ ।

सन् २०१४ मा बसेल विश्वविद्यालयका न्युरोसाइकियाट्रीका प्राध्यापक स्टिफन बर्गवार्डले गरेको अध्ययनले चियामा पाइने तत्व इजिसिजीको सेवनका कारण चार हप्ताभित्रै १२ जनामा काम गर्ने शैलीमा भिन्नता पाइएको थियो।‘स्वस्थ मानिसमा चिया पिउनाले स्मरणशक्ति बढाउने देखियो,’ बर्गवार्डले भने, ‘हुन त हामीले थोरैमाथि गरेको यो उपलब्धिमा शंका गर्ने ठाउँ प्रशस्त छ तर परिणाम निकै उत्साहप्रद भएकाले यसलाई बाहिरै ल्याउन हामीले उचित ठर्हयायौँ। हुनसक्छ, नियमित रुपमा चिया पिउँदा कतिपय रोग निको पार्न पनि सहयोग गर्ला!’

चियाले मानिसलाई बुढ्यौलीमा लाग्ने रोगहरु डिमेन्सिया (पागलपन) र अल्जाइमर्सका लागि पनि उपयोगी हुन सक्ने देखिएको छ।
पछिल्लो पटक डाउन सिन्ड्रोमका लागि पनि चियामा पाइने तत्व इजिसिजीले ठूलो काम गरेको वैज्ञानिकहरूको दाबी छ। प्रत्येक वर्ष संसारभर ३ हजारदेखि ५ हजार बालबालिका डाउन सिन्ड्रोम लिएरै जन्मिन्छन्। यस्ता बालबालिकाहरूमा अनुहार बिग्रने, आँखा टेढिने र सिक्न नसक्ने कैयौँ समस्या देखिन्छन्। त्यस्ता बालबालिकालाई चियामा पाइने इजिसिजीले पूर्ण रुपमा नभए पनि केही सहयोग गर्ने देखिएको वैज्ञानिकहरूको दाबी छ।