गृहमन्त्रीको काम दोष देखाउने कि ‘एक्सन’ लिने?

गृहमन्त्रीको काम दोष देखाउने कि ‘एक्सन’ लिने?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री राम बहादुर थापा बादलको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा टनका टन सुन तस्करी भइरहेको धारणाप्रति तिव्र आलोचना भइरहेको छ । गृह मन्त्रालयले ८२ बुँदे गृह प्रशासन सुधार कार्य योजना सार्वजनिक गर्ने क्रममा मन्त्री थापाले सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट टनका टन सुन तस्करी भइरहेको बताएका थिए ।

मन्त्री थापाले प्रशासन र नेताहरुको संरक्षणमा सुनसँगै विमानस्थबाट विदेशी मुद्रा पनि तस्करी भइरहेको आरोप लगाएका थिए ।
२ वा ४ सय तोला होइन, एयरपोर्टबाट टनका टन सुन तस्करी भइरहेको उनको भनाइप्रति अनेक प्रतिक्रिया आउन थालेका छन् ।
सामाजिक सञ्जालमा उनको यो भनाप्रति निकै व्यंग गरिएको छ ।

गृहमन्त्रीले सुधारको योजना सार्वजनिक गर्नु र सार्वजनिक रुपमा यस्ता भनाइ राख्नु गैर जिम्मेवार र सस्तो लोकप्रियताको लागि भएको सामाजिक सञ्जालमा टिप्पणी गरिएको छ ।

गृहमन्त्रालय सम्हालेपछि मन्त्री बादलले अहिलेसम्म विभिन्न सुरक्षा निकाय, कारागार, विभाग आदिको निरीक्षण गरेर निर्देशन दिने मात्र काम गरेका छन् । त्यो बाहेक उनको कुनै नयाँ कार्ययोजना सार्वजनिक भएका छैनन् ।
उनको काम र भनाईप्रति असन्तोष व्यक्त गर्दै मन्त्रीले समस्या मात्र देखाउने की काम गरेर देखाउने भन्दै जनताले प्रतिप्रश्न समेत गरेका छन् ।

गृह मन्त्रीका सल्लाहाकार पत्रकार सुर्य सुवेदीले भने गृहमन्त्रालयले ८२ बुँदे गृह प्रशासन सुधार कार्य योजना अनुसार नै काम गर्ने बताएका छन् ।
उनले मन्त्रीको एक महिनाको समयमा समस्या पहिचान, चुनौती र सम्भावनाको अध्ययनमै वितेको बताए । यी सबै कामपछि छलफल गरेर कार्ययोजनालाई मुर्त रुप दिने र परिणाम विस्तारै आउने उनले बताए ।

उनले भने,‘मन्त्रीले अहिले १ महिनामा समस्या, चुनौती र सम्भावना अध्ययन गरिरहनु भएको छ । अब परीणाम निस्कने गरि काम देख्न सकिन्छ ।’

वाम सरकारमा माओवादी केन्द्रबाट गृहमन्त्री बनेका रामबहादुर थापाले यसअघि रक्षा मन्त्रालय सम्हालेका थिए । उनको रक्षामन्त्रीको कार्यकाल कटुवाल प्रकरणका कारण विवादित बनेको थियो ।

देशको शान्ति सुरक्षा जस्ता सवालमा गृह मन्त्रालय जिम्मेवार हुनुपर्नेमा मन्त्रीले गृह प्रशासनमै देखिएको कमजोरीलाई औंल्याउने तर सुधारका केही प्रयास नदेखिँदा जनताले प्रश्न गर्नु स्वभाविक हो ।

उनले प्रहरी प्रशासनलाई कमजोर देख्ने, नराम्रा कामको अपजस प्रहरीलाई मात्र दिने तर यसको समाधानमा मन्त्रीको हैसियतले के गर्न सकिन्छ भनेर कुनै छलफल नगर्दा प्रहरी प्रशासनको मनोवल झन् घटेको छ । उनले गृह मन्त्रालय सम्हालेदेखि नै प्रहरी प्रशासनलाई दोषी देख्दै आएका छन् । उनले सार्वजनिक स्थानमा प्रशासनलाई दोष दिँदा प्रहरी नै अकमक्क परेका थिए ।

मुलुकमा स्थायी सरकार आएको भन्दै खुसी भएका जनता गृहमन्त्रीको गैर जिम्मेवार कुरा, सस्तो लोकप्रियताको लागि आरोप प्रत्यारोप लगाउनुले गृहमन्त्रीबाट सुधारको आशा कहिले गर्ने?

सार्वजनिक गृह प्रशासन सुधार कार्ययोजनामा ‘राष्ट्रिय एकता र जनसेवाका लागि गृह प्रशासन, विकास र समृद्धिको लागि शान्ति, सुरक्षा र सुशासन’ भन्ने नारासहित बनाइएको कार्ययोजनामा नीतिगत र कानुनी सुधार, संगठनात्मक सुधार र रुपान्तरण, जनशक्ति व्यवस्थापन, सेवा प्रवाह र सुशासन, सुरक्षा व्यवस्थाको प्रभावकारिता, सूचना प्रविधिमा आधारित गृह प्रशासन, अध्यागमन र सीमा प्रशासनको सुदृढीकरण, विपद् जोखिम न्युनीकरण क्षमता अभिवृद्धि, अनुशासन र सदाचारिता प्रवर्द्धन र कार्ययोजना कार्यान्वायन अनुगमन र मूल्यांकनको उदेश्य राखिएको छ ।

तर यी उदेश्य कार्यन्वयन हुने हो की हैन? यो प्रश्न उनीमाथि तेर्सीएको छ ।