काठमाण्डु-गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेश मार्फत केहि कानुन संशोसन गरेको बताएका छन् ।
शनिबार नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २५ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री लेखकले सरकारले बढि मूल्य परे पनि स्वदेशी उत्पादन प्रयोग गर्ने निति लिएको बताउदै मुलुकमा उद्योगको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए ।
“हिजो रात्री अबेरसम्म बसेर सरकारले महत्वपूर्ण निर्णयहरु गरेको छ ।” उनले भने–“ हामीले समृद्धि र आर्थिक विकासका लागि केहि महत्वपूर्ण कानुनहरुलाई संशोधन गरेका छौ ।” चाडोभन्दा चाडो कानुन संशोधनका लागि अध्यादेश मार्फत शंसोधन गर्ने सरकारले निर्णय लिएको उनको भनाई थियो । “शासकियसुधारसंग सम्बन्धीत कानुनहरु,उद्योग व्यवसाय सहज सञ्चालन हुने कानजुनहरु र शुसासनलाई प्रत्याभुत गर्ने कानुनहरु छन ।” उनले भने–“थप पनि उद्योगहरुको वातावरण निमार्णका लागि सरकारले हमेशा निजि क्षेत्रसंग मिलेर काम गर्न तयार छ ।”
उनले मुलुकमा लगानीको वातावरण बनाउन गैरआवासिय नेपालीका निमित्त्तमहत्वपूर्ण निर्णय गरेको समेत बताए । “आईटिको क्षेत्रमा विदेशमा समेत सेवा निर्यात गर्न सक्ने व्यवस्था गरेका छौ ।” उनले भने–“विदेशमा सेवा गरेर उद्योगलाई प्रोत्साहित हुने गरि कानुन निमार्णमा सरकार लागेको छ ।” कानुन बन्ने तर कार्यान्वयन नहुने समस्यालाई सरकारले सचेतता पूर्वक निर्णय गरेको उनले बताए ।
लेखकले भने–“सात दिन भित्र हुने भए हुन्छ नहुने भए हुदैन भन्ने निर्णय गरिसक्नुपर्ने कानुन बनाएका छौ ।”
उनले सरकारले आर्थिक समृद्धिको बाटोमा देशलाई लैजान कानुन निमार्ण गरेर कार्यान्वयन गर्ने कुरामा सरकार प्रतिबद्ध रहेको बताए । “अब आइटी कम्पनीहरुले विदेशमा लगानी गर्न, विदेशमा शाखा कार्यालय खोलेर पैसा कमाउन र त्यसरी कमाएको पैसा कानूनी रुपमा भित्र्याउन सहज हुने कानुन निमार्ण गरेका छौ ।” उनले भने “ढुक्क भएर तपाईहरु लगानी गर्नुहोस सुरक्षा दिने कुरामा सरकार प्रतिवद्ध छ ।”
प्रतिक्रिया