मन्त्री थापाको कर्मचारीलाई चेतावनीः ‘कैदीलाई ठमेलको दोहोरीमा लग्ने ‘रिपोर्ट’ आएको छ, सच्चिनुस् नत्र कारवाहीमा पर्नुहोला’

मन्त्री थापाको कर्मचारीलाई चेतावनीः ‘कैदीलाई ठमेलको दोहोरीमा लग्ने ‘रिपोर्ट’ आएको छ, सच्चिनुस् नत्र कारवाहीमा पर्नुहोला’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले कारागारलाई यातना गृहका रुपमा नभई सुधार गृहका रुपमा विकास गर्न आवश्यक रहेको बताएका छन् ।

आइतबार कारागार व्यवस्थापन विभागको निरीक्षणपछि उनले अपराधी कारागारमा आएपछि असल नागरिकका रुपमा रुपान्तरण भएर जाउन् भनेर ध्यान दिन आवश्यक भएको बताउँदै यस विषयमा राम्रो काम गर्न कर्मचारीलाई निर्देशन दिए ।

उनले कर्मचारीलाईकारागारभित्रका विकृति र विसंगतिलाई हटाउन निर्देशन दिएका छन् । उनले भने, ‘कारागारभित्र विभिन्न किसिमका विकृति र विसंगति रहेकाबारे जानकार छु । कारागार सुधारमा उपलब्धि र परिणाम निस्कने गरी काम गर्नु्स् । नत्र कारवाहीमा पर्नुहुनेछ ।’

उनले केही कैदीलाई कारागारबाट राति ठमेलको दोहोरी साँझमा लैजानेदेखि घुमाउन विभिन्न ठाउँसम्म लैजाने गरेकोसम्म ‘रिपोर्ट’ आएको बताउँदै त्यस्तो कार्यमा संलग्नलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउन निर्देशन दिए ।

उनले सुधारलाई प्राथमिकता दिएर आफुले काम गरेको बताउँदै कैदीको सिदाबापतको रकम बढाउनेदेखि निर्माणाधीन कारागारलाई छिटो निर्माण सम्पन्न गर्नेसम्मको कामलाई मन्त्रालयले अघि बढाएको जानकारी दिए ।