एजेन्सी – ग्रीम हर्ट हाई–स्कुल ड्रपआउट थिए । उनले सुरुमा सवारी साधनको मर्मत गर्ने र पछि ट्रक ड्राइभरको रुपमा काम गरे । हाल आएर उनी न्यूजिल्यान्डकै सर्वाधिक धनी व्यक्ति भएका छन् । निजी इक्विटीमा करियर भएकाले उनले अकुत सम्पत्ति कमाए र हाल उनीसँग सुपर–याच र पनडुब्बी समेत रहेको छ ।
६४ वर्षीय ग्रीमको अकल्यान्डमा निजी इक्विटी फर्म र उपभोक्ता सामग्रीको व्यवसाय रहेको छ । यो उनको सबैभन्दा ठूलो सम्पत्ति हो । विश्वका अर्बपतीको सूचीमा समावेश भएका हर्ट आफ्नो शाही खर्चका लागि प्रसिद्ध छन् । उनलाई सुपर–याच किन्न मन पर्छ र उनीसँग कयौं सुपर–याच रहेका छन् ।
उनीसँग ११६ मीटर लामो युलेसीस छ । लगभग २० करोड डलरको लागतमा तयार पारिएको यो पोतमा एक हेलिप्याडका लागि पर्याप्त स्थान रहेको छ । यसको अगाडि बनेको एक डेकमा अर्को सानो डुंगा पनि राख्न सकिन्छ । ग्रीम हर्टले आफ्नो मध्य–किशोरावस्थामा स्कुल छोडेर अटो बडी मर्मत तथा ट्रक ड्राइभरको रुपमा काम गरेका थिए । यद्यपि उनले पछि गएर न्यूजिल्यान्डको ओटागो विश्वविद्यालयबाट एमबीए गरेका थिए ।
अल्मा मेटरमा २०१८ मा दिएको भाषणमा हर्टले विद्यार्थीलाई आफ्नो रणनीतिको बारेमा बताएका थिए । उनले भनेका थिए, “साहसी बन्नु । यसको अर्थ यो हो की जति ठूलो हुन सक्छ, उतीनै ठूलो किन्नु । जति धेरै तपाई लिन सक्नु हुन्छ त्यतीनै उधारो लिनु र यसपछि यो सम्पत्तिमा जति धेरै मेहनत गर्न सक्नु हुन्छ गर्नुस् ।”
ब्लूमबर्ग अर्बपतीको सूचीमा हाल उनको कम्पनीको सेयर मूल्य ९.८ प्रतिशतले बढेर २८.५५ अर्ब डलर पुगेको छ । कम्पनीमा उनको हिस्सा ४।४ अर्ब डलर रहेको छ ।
प्रतिक्रिया