राजधानीको वसन्तपुरमा सामुहिक अनसन शुरु

राजधानीको वसन्तपुरमा सामुहिक अनसन शुरु


काठमाडौं – राजधानीको बसन्तपुरमा डा. गोविन्द केसीका सर्मथकहरले सामूहिक अनसन बसेका छन् । विगत २३ दिनदेखि अनशनरत डा। गोविन्द केसीका मागमा समर्थन सामुहिक अनसन सुरु गरीएको हो ।

सोलिडारिटी फर डा. केसी अलायन्सको अगुवाइमा बिहान १० बजेदेखि शुरु अनसन साँझ ५ बजेसम्म जारी रहने छ । संयौ जना अनसनमा सहभागी भएका छन् । ५ बजेसम्म दुर्इ सय जना सहभागी हुने जनाइएको छ । अनसनमा चिनिएका अनुहारभन्दा पनि सर्वसाधारणहरुको बाक्लो उपस्थिति रहेको छ ।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका माग राख्दै अनशनरत डा. केसीको माग सम्बोधनका लागि प्रबुद्ध नागरिक समाजले दबाव बढाउँदै लगेका छन् । उनीहरूले शनिबार राजधानीमा प्रदर्शनसमेत गरेको थियो ।