काठमाडौं– नेपाल आयल निगमले पेट्रोलिय पदार्थमा फेरि मुल्यवृद्धि गरेको छ।
१५ दिन अघि मुल्यवृद्धि गरेको निगमले मंगलबार राति १२ बजेपछि लागू हुने पेट्रोल, डिजेल र मट्टितेलमा एक–एक रुपैयाँ भाउ बढाएको हो।
निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्यमा भने यथावत् राखेको छ ।
नयाँ मुल्यसूची अनुसार अब निगमलाई प्रतिलिटर पेट्रालमा २ रुपैयाँ ६७ पैसा नाफा छ । त्यस्तै, डिजेलमा प्रतिलिटर १ रुपैयाँ ७४ पैसा घाटा छ।
मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँ २७ पैसा नाफा तथा हवाई इन्धन आन्तरिकमा १२ रुपैयाँ ८३ पैसा र बाहृयमा २४ रुपैयाँ ८८ पैसा नाफा रहेकोे निगमले जनाएको छ।
खाना पकाउने एलपीजी ग्यासमा भने अझै पनि प्रतिसिलिण्डर २ सय २६ रुपैयाँ घाटा छ ।
प्रतिक्रिया