काठमाडाैं–अहिले अमेरिका र उत्तरकोरियाबीच ‘वाकयुद्ध’ चलिरहेको छ। उत्तर कोरियाले प्रशान्त क्षेत्रको अमेरिकी भूभाग गुआम नजिकै चारवटा क्षेप्यास्त्र प्रहार गर्ने योजना बनिरहेको बताएको छ भने, अमेरिकाले भने उत्तर कोरियाका क्रियाकलापले उसले शासनसत्ता नै समाप्त पारिदिन सक्ने चेतावनी दिँदै आएको छ।
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार ह्वासोङ–१२ नाम दिइएका रकेटहरु जापान माथिबाट हुँइकिदै गएर प्रशान्त महासागरमा रहेको गुआम टापुभन्दा लगभग ३० किलोमिटर नजिकै समुद्रमा खस्नेछन्। अबको एक साताभित्र तयार हुने भनिएको सो योजनालाई राष्ट्रपति किम जोङ उनले स्वीकृत गर्नु पर्नेछ।
आँखिर त्यो हो गुआम द्धीप के हो? थाहा पाउनुहोस् यी ६ तथ्य
१. पोर्चुगिज खोजकर्ता फ्रेडिनेन्ड मजिलेनले पत्ता लगाएको चालिस वर्षपछि सन १५६५ मा स्पेनले गुआम द्धीपमाथि दाबी गरेको थियो। सन १८९८ मा भएको अमेरिका स्पेन युद्धसम्म गुआम स्पेनकै भुभाग थियो। तर, पेरिस सन्धी पनि स्पेनले उक्त द्धीप अमेरिकालाई हस्तान्तरण गर्यो। सन् १९४१ मा पर्लहार्बरमा गरेको आक्रमण पछि जापानले यस द्धीपलाई नियन्त्रणमा लियो। ३ वर्षपछि मित्रशक्तिले यसलाई पुनः नियन्त्रणमा लिए। सन १९५० मा गुआम आधिकारिक रुपमा अमेरिकी क्षेत्र बन्यो।
२. सन् १९५० मा अमेरिकी कांग्रेसले अर्गानिक एक्ट अफ गुआम पास गर्यो र त्यहाँका नागरिकलाई अमेरिकी नागरिकता दिइयो। तर, गुआमका नागरिक अमेरिकी राष्ट्रपति निर्वाचनमा भने मतदान गर्दैनन्। सन् १९७० मा पहिलो पटक गुआममा गर्भनर निर्वाचित भए। सन् १९७२ पछी अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभ्समा गुआमबाट एक ननभोटिङ डेलिगेट छन्।
३. गुआममा अमेरिकी नेभीको सैन्य बेस रहेको छ ।यसको साथै यहाँ अमेरिकी एअरफोर्सको एण्डरसन एअरफोर्स बेस रहेको छ। यो एअरफोर्स बेसमा बि–५२ वर्षवर्षक विमान र लडाकु विमान तैनाथ छन्। गुमानमा परमाणु शक्तियुक्त अमेरिकी युद्धपोत पनि तैनाथ छन्। यहाँ ७ हजार अमेरकीसैनिक परिवार सहित बस्ने गर्दछन्। यस द्धीपको कुल जनसंख्या एक लाख ६० हजार रहेको छ।
४. गुआम उत्तर कोरियाबाट सबै भन्दा नजिक रहेको अमेरिकी क्षेत्र हो। उत्तर कोरिया र गुआमकोबीचको दुरी ३४२७ किलोमिटर छ। गुआम हवाईबाट ६३७३ किलोमिटरटाढा पर्छ। गुआम प्रशान्त महासागरको सुदुर दक्षिणी भागमा पर्छ। गुआमको क्षेत्रफल २१० बर्गमाइल छ जुन शिकागो बराबरको क्षेत्र हो।
५. गुआममा ४० प्रतिशत मानिस चमोरो जातिका छन्। चोमोरो यहाँका मुल बासिन्दा हुन्। यसका साथै २४ प्रतिशत संख्या फिलिपिनोको छ। यसैगरि १० प्रतिशत माइक्रोनेजन छन्।
यहाँको आधिकारिक भाषा चमोरो र अंग्रेजी हो।
६. जुन् २०१५ मा समलैंगिक विवाहलाई मान्यता दिने गुआम पहिलो अमेरिकी क्षेत्र बन्यो। गुआममा लागू भएको १५ दिनपछि अमेरिकी सु्प्रिम कोर्टले अमेरिका भर समलैंगिक विवाहलाई मान्यता दियो।
बीबीसीको सहयोगमा।
प्रतिक्रिया