गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सकाे आईपीओ निष्कासन, कति कित्ता ?

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सकाे आईपीओ निष्कासन, कति कित्ता ?


काठमाण्डु– गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गरेको छ ।कम्पनीले सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको हो ।

कम्पनीले कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो ।

जसमध्ये वैदेशिक रोजगारमा रहेका नेपाली,  कर्मचारी, सामुहिक लगनी कोषलाई छुट्याएर बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुलाएको हो ।

न्यूनतम १० कित्ता तथा अधिकतम १ लाख कित्तासम्म अंकित मूल्य १ सयका दरले आवेदन दिन सकिनेछ । इच्छुकले अनलाइन प्रणाली मेरोसेयरमार्फत आइतबार १० बजेपछि आवेदन दिन सक्नेछन् । पुस २४ गतेसम्म यसमा आवेदन दिन सकिनेछ ।

कम्पनीले इक्रा नेपालबाट बीबी माइनस रेटिङ प्राप्त गरेको छ । बिक्री प्रवन्धक कुमारी क्यापिटल रहेको छ । आव २०८०–८१ सम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ ५९ पैसा छ भने प्रतिसेयर आम्दानी २५ पैसा छ । २७ लाख ५० हजार रुपैयाँ सञ्चित नाफा रहेको छ ।