गुल्मीमा भेटिएको सकेट बम नेपाली सेनाद्धारा डिस्पोजल

गुल्मीमा भेटिएको सकेट बम नेपाली सेनाद्धारा डिस्पोजल


गुल्मी  – नेपाली सेनाले गुल्मीको मालिका गाउँपालिकामा फेला परेको सकेट बम निष्कृय पारेको छ ।बिरभद्रजंग गुल्मको डिस्पोजल टोलीलले आइतवार बिहान जिल्लाको मालिका गाउँपालिका-४ अर्खाबाङ्ग भिरकुनामा फेला परेका ३ वटा सकेट बम डिस्पोजल गरेको गुल्मपती सेनानी जनमत कार्कीले जानकारी दिए ।

बम स्थानिय बामदेव अर्यालको खरबारीमा शनिवार खानेपानीको पाइप खन्ने क्रममा फेला पारेका थिए । सकेट बम पुरानो तत्कालिन माओवादीले लगाउने कम्ब्याडमा बेरेर राखेको अबसथाम फेला परेको थियो । बम द्वन्दकामा तत्कालीन माओवादीले राखेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । स्थानीयले बम जस्तो फेला पारेसँगै प्रहरीलाई खबर गरेका थिए ।