बलर गुलशन झाले काठमाण्डु किङ्सबाट ईपीएल खेल्ने

बलर गुलशन झाले काठमाण्डु किङ्सबाट ईपीएल खेल्ने


काठमाण्डु – नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर गुलशन झाले एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।उनले काठमाण्डु किङ्स–११ बाट चौथो संस्करणको ईपीएल खेल्ने भएका हुन् ।

काठमाण्डु किङ्स–११ ले शुक्रबार गुलशनलाई अनुबन्ध गरिएको जनाएको छ । चौथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा आयोजना हुँदैछ । गुलशन भर्खरै मात्र राष्ट्रिय टिममा अनुबन्ध भएका छन् ।