गुणाकर भट्टविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा

गुणाकर भट्टविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल राष्ट्र बैंकका गभर्नरका प्रत्याशी गुणाकर भट्टविरुद्ध सर्वोच्च अदालतमा परेको रिट हेर्न नभ्याइनेमा परेको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासले यो रिट हेर्न नभ्याइनेमा राखेको हो।

यसअघि सर्वोच्च अदालतले गभर्नरको उमेरजन्य योग्यतामा गरिएको संशोधन कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गर्दै अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई आज बोलाएको थियो। 

रिट निवेदकहरू प्रतिभा उप्रेती र विशाल थापाले डा. भट्टलाई गभर्नर नियुक्ति गर्न खोजेको भन्दै त्यसलाई रोक्न माग गर्दै शुक्रबार पुरक निवेदन दर्ता गराएका थिए । डा. भट्ट गभर्नर नियुक्त हुने चर्चाबीच शुक्रबार उनले बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका छन् ।