गुणाकर भट्टलाई गभर्नर बनाउन ओली देउवा सहमत

गुणाकर भट्टलाई गभर्नर बनाउन ओली देउवा सहमत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सत्तारुढ दलहरुबीच गभर्नर नियुक्ति चांडो टुगो लगाउने सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिवार भएको भेटवार्तामा गभर्नरमा गुणाकर भट्टलाई नियुक्ति गर्ने सहमति भएको हो ।

भेटवार्तामा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक सहभागी थिए । कांग्रेस सभापति देउवाले भेटमा गभर्नरमा भट्टलाई नियुक्ति गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेको बताइन्छ । प्रधानमन्त्री ओली नीलम ढुंगानालाई गभर्नर बनाउनेमा थिए । तर, देउवाको प्रस्तावलाई उनले मानेको स्रोतको दावी छ ।

गभर्नर नियुक्तिविरुद्ध अहिले अदालतमा मुद्दा परेको छ । भट्टले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिइसकेका छन् । तर, उनको राजिनामा स्वीकृत भएको छैन । यद्यपी गभर्नरकै लागि राजीनामा स्वीकृत नै आवश्यक नपर्ने जानकारहरु बताउंछन् ।

अर्थमन्त्री पौडेलले कामु गभर्नर नीलम ढुंगानाले राजिनामा स्वीकृत नगरे बमबहादुर मिश्रलाई कामु गभर्नर बनाउने र उनैबाट राजीनामा स्वीकृत गरेर सोमबार नै भट्टलाई नियुक्ति गर्ने तयारी गरिसकेका छन् ।

गभर्नरका लागि अहिले ज्ञानेन्द्र ढुंगाना दौडमा छन् । तर, उनको नाममा शिर्ष नेतृत्व सहमत भइसकेको छैन ।