गुप्तचर प्रमुख रेग्मीले यस्तो हर्कत गरेपछि गृहमा हंगामा

गुप्तचर प्रमुख रेग्मीले यस्तो हर्कत गरेपछि गृहमा हंगामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ– प्रधानमन्त्रीको भ्रमणपुर्व दुई देशबीचको सुरक्षा साझेदारी,उच्च सर्तकता र समन्वयसम्बन्धमा छलफल गर्न नेपालका गृहसचिव र भारतीय समकक्षीबीच २० र २१ गते दुईपक्षिय बैठक हुदैछ,दिल्लीमा । तर,त्यही बैठकलाई लिएर यता रोइलो छ,सिंहदरबारसंगैको बरफबागमा । सुरक्षा मामलामा छलफल गर्ने भइसकेपछि गृहमातहतका तिन वटै सुरक्षा निकायका अधिकारी लैजाने मन्त्रालयको तयारी छ । त्यसका लागी नेपाल प्रहरी र सशस्त्रबाट एक एक जना डिआईजीको नाम पठाउन गृहले भर्खरै परिपत्र गर्यो । त्यस्तै परिपत्र राष्ट्रिय अनुसन्धान विभागमा पनि भएको छ । तर, राअले लाजै पचाएर गुप्तचर प्रमुखक दिलीप रेग्मीले आफ्नै नाम पठाएका छन् ।

प्रोटोकलका हिसावले सुरक्षा निकायका प्रमुखहरु सचिवभन्दा मुनि तर हैसियत दुवैको बरावर(विशिष्ट श्रेणी) हो । तर,अन्य सुरक्षा निकायले प्रथम श्रेणी दर्जाका डिआईजीलाई भ्रमणमा सामेल गराउने भइसकेपछि मर्यादाका हिसाबले पनि अर्को सुरक्षा निकायका प्रमुख नै जान चाहनु लज्जास्पद विषय हो ।

पर्वतका दिलिप रेग्मी अहिले राअका प्रमुख हुन । उनको चासो हो,भारतसंगका कतिपय संवेदनशिल विषयमा छलफल गर्न पठाउदा गोपियनता भंग हुने र समस्या आउने । यता,सिंहदरवारतिर लाग्ने गरेको आरोप के छ भने,बरफबागलाई राज्यकोषले भन्दा बढी तलब सुबिधा लैनचौरले दिने गरेको छ । त्यसवापत देशका महत्वपुर्ण र संवेदनशील सुचना वेप्रवाह लैनचौर हुदै दिल्लीस्थित साउथ ब्लक पुग्ने गरेको छ ।

गृहले दिलीपलाई भन्यो, डिआईजीस्तरको अधिकारी पठाउन सकिदैन भने पनि एआईजीस्तरको पठाउनुस् तर यसमा तपाई नजानुस् । समस्या के रहेछ भने,अहिले राष्ट्रिय अनुसन्धान विभागमा दोस्रो वरीयताका एआईजी भट्ट छन् । उनी प्रमुखका दावेदार थिए । तर,नियुक्ती हुदाको सरकारले दक्षिणी भनसुन र लैनचौरको दबाव थेग्न नसक्दा दिलीप प्रमुख भएका हुन । उनी प्रमुख भएकै दिनदेखी वरफवागमा तीव्र गुटवन्दी छ ।

जुनियरलाई प्रमुख नमान्ने भट्टपक्षधर अधिकारीको त्यहा वर्चस्व छ । फलतः औपचारीकताबाहेक उच्चअधिकारीबीच कुनै समन्वयात्मक भुमिका छैन् । त्यसो त सरकारलाई गोप्य सुचना दिएर देशको सुरक्षा नीति बनाउनमा महत्वपुर्ण भुमिका खेल्नुपर्ने उक्त विभागले बिहान काठमाण्डौबाट प्रकाशन हुने दैनिक र साप्ताहिक पत्रिकाको कटिङ प्रधानमन्त्री र राष्ट्रिय सुरक्षा परिषदलाई पठाएर भुमिका खेलिरहेको छ । र देशका,महत्वपुर्ण सुचनाको चुहावट भने लैनचौरतिर हुने गरेको बताइन्छ ।

फेरी राअमा उच्च अधिकारीबीच चलेको द्धन्द्धको कारण भुमिका ननिभाएको बिषयमा छैन । लैनचौरबाट जे जति आउछ त्योमध्ये केही आसेपासेलाई बाड्ने र बाकी दिलीप एक्लैले खान्छन् भन्ने असहमती हो । उता, दोस्रो वरीयतामा भट्टलाई कामै नदिएर अर्को जात्रा चलाईको जनआस्था साप्ताहिकले समाचार छापेको छ ।