पर्सिसम्म दर्ता हुन नआए फेसबूक बन्द गर्छाैं : सञ्चारमन्त्री गुरुङ

पर्सिसम्म दर्ता हुन नआए फेसबूक बन्द गर्छाैं : सञ्चारमन्त्री गुरुङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता हुन नआए फेसबूक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्ने चेतावनी दिएका छन् ।

शुक्रबार काठमाण्डुमा सञ्चारिका समूह नेपालको ९औं महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल प्ल्याट्फर्मले नेपालको नियम मान्नुपर्ने बताउँदै सरकारले तोकेको म्यादभित्र दर्ता नभए प्रतिबन्ध लाग्ने बताए ।

सञ्चार मन्त्रालयले चैत ७ गते सूचना निकालेर १ महिनाभित्र फेसबूक दर्ता हुन आह्वान गरेको थियो । सामाजिक सञ्जाल दर्ताका लागि सरकारले थप गरेको १ महिनाको म्याद सकिन केही दिन बाँकी रहेको भन्दै उनले फेसबूक लगायतका सामाजिक सञ्जाल दर्ता हुन नआएको स्पष्ट पारे ।

सामाजिक सञ्जाल सम्बन्धी कानून कुनै सञ्चारमाध्यमलाई बन्द गर्नका लागि नभई नियमन गर्नका लागि ल्याइएको उनले बताए ।