धादिङमा ग्यास बुलेट दुर्घटना हुंदा वडा सदस्यसहित दुईको मृत्यु

धादिङमा ग्यास बुलेट दुर्घटना हुंदा वडा सदस्यसहित दुईको मृत्यु


धादिङ – धादिङको बेनिघाट रोराङ गाउँपालिका ५ विशालटारमा ग्यास बुलेटको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरू आमा छोरी हुन् ।

आइतबार दिउँसो करिब १२ बजे सडकमा हिँडिरहेका गीता नेपाली र सुनिता नेपालीको ग्यास बुलेटको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ । ३५ वर्षीया गीता बेनीघाट रुराङ गाउँपालिका वडा नम्बर ५ की वडा सदस्य हुन् ।

उनीहरूलाई ठक्कर दिएको बुलेट पनि सडकबाट १० मिटर तल खसेको छ । बुलेटका चालक र सहचालक भने सकुशल छन् ।बुलेट पल्टिएलगत्तै ग्यास लिक भएको थियो । दुर्घटनाग्रस्त बुलेटमा आगलागी हुन नदिन दमकलले पानी छ्यापेको थियो । स्थानीय ग्यास स्टेसनका प्राविधिकहरूले बुलेट सिल गरेका थिए ।