३६ लाख घुससहित इन्जिनियर ठाकुर पक्राउ

३६ लाख घुससहित इन्जिनियर ठाकुर पक्राउ


रुपन्देही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन तथा शहरी बिकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुरलाई ३६ लाख घुससहित आइतबार पक्राउ गरेको छ ।

आयोगले इन्जिनियर ठाकुरलाई ३६ लाख ७२ हजार घुससहित रुपन्देहीको शिद्धार्थनगर नगरपालिका बर्मे्लि टोलबाट सुराकिको आधारमा पक्राउ गरेको अख्तियार बुटवल शाखाका अधिकृत शुरेस भुसालले जानकारी दिए।

नगद १२ लाख पचास हजार र  २४ लाखको बैंक भौचरसहित प्रमुख ठाकुरलाई पक्राउ गरिएको अख्तियारको बुटवल कार्यालयले जनाएको छ । ठाकुरले घुसको नगदसँगै रु २४ लाखको भौचर श्रीमतीलाई राख्न दिएको र उनि ट्याक्सिमा जाँदै गर्दा हेटौडामा पक्राउ गरिएको अधिकृत भुसालले जानकारी दिए ।

भैरहवामा रहेको कार्यालयले रुपन्देही, कपिलबस्तु र अर्घाखाँचीमा भौतीक निमार्णको काम गर्ने गर्दछ । अख्तियार बुटवलको समन्वयमा ठाकुरकी श्रीमतीलाई हैटौंडाबाट खटिएको अख्तियारको टोलीले पक्राउ गरेको हो । घुसको पैसा लिएर वीरगञ्जस्थित घरमा जाने क्रममा उनि बाटोमै पक्राउ परेका हुन् ।

अख्तियारको टोलीले गुल्मिमा, सिमलटारी–प्युठान सडक आयोजनाका सव इन्जिनियर प्रकाश झालाई पनि रु एक लाख घुस सहित पक्राउ गरेको थियो । झालाई आफनै कोठामा घुस लिँदै गरेको अवस्थामा अख्तियार बुटवलको टोलीले पक्राउ गरेको हो ।