गुप्तेश्वर गुफाको आम्दानी साढे चार करोड

गुप्तेश्वर गुफाको आम्दानी साढे चार करोड


पोखरा – पोखराको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिले आर्थिक वर्ष २०७४-०७५ मा टिकट बिक्रीबाट चार करोड ५१ लाख ९९ हजार ४९१ आम्दानी गरेको छ।

ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्व बोकेको गुफाको कुल छ लाख ६६ हजार ९४१ आन्तरिक एवं बाह्य पर्यटकले टिकट काटेर अध्ययन अवलोकन गर्दा सो आम्दानी भएको हो। सो अवधिमा सबैभन्दा बढी १०० रुपैयाँ दरको एक लाख ४९ हजार ३४५ वटा टिकट बिक्री गरी एक करोड ४९ लाख ३४ हजार ५०० रुपैयाँ आम्दानी भएको थियो।

विभिन्न तीन किसिमका ५० रुपैयाँको टिकटबाट एक करोड ३६ लाख ४६ हजार २००, ३५ रुपैयाँबाट ३९ लाख ४७ हजार ७९०, २० रुपैयाँ दरको टिकटबाट छ लाख १३ हजार ४४० र १० रुपैयाँको टिकटबाट ६१ हजार ६० रुपैयाँ आर्थिक सङ्कलन भएको हो। त्यसैगरी गुफा प्रवेशद्वारमा निर्माण गरिएको यान्त्रिक कामधेनु गाईको अवलोकनका लागि १० रुपैयाँको टिकटबाट नौ लाख ४८ हजार ७३० रुपैयाँ आम्दानी गरेको कोषाध्यक्ष ऋषिराम बरालले जनाएका छन्।