परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी सुस्मा स्वराजबीच भेटवार्ता

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी सुस्मा स्वराजबीच भेटवार्ता


न्यूयोर्क – संयुक्त राष्ट्र संघको महासभा साइडलाइनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी सुस्मा स्वराबीच महासभा साइडलाइनमा भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

संयुक्त राष्ट्रसङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन दुवै मुलुकका परराष्ट्रमन्त्री यहाँ आइपुगेका हुन् । उक्त अवसरमा दुईपक्षीय हित तथा चासोका विषयमा छलफल भएको थियो ।

छलफलमा यसअघि दुवै मुलुकबीच भएका सम्झौताअनुसार सञ्चालन भएका विकास परियोजनालाई थप गति दिने सहमति भएको परराष्ट्र सचिव शङ्करदास वैगागीले जानकारी दिए । उक्त अवसरमा परराष्ट्र मन्त्रालयका सचिव वैरागी र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरुको उपस्थित रहेको थियो ।

त्यस्तै परराट्रमन्त्री ज्ञवालीले आजै संयुक्त राष्ट्र संघका उपमहासचिव तथा शान्ति मिसन अप्रेशनका प्रमुख जन पिइर्रेसँग भेटवार्ता गरेका छन्। यसैवर्ष शान्ति स्थापनासम्बन्धी नेपाल र राष्ट्रसंघको साझेदारी ६० वर्ष पुगेको छ।