पूर्वराजा ज्ञानेन्द्रको सुरक्षा टोलीमा हेरफेर, अब १६ जना मात्रै

पूर्वराजा ज्ञानेन्द्रको सुरक्षा टोलीमा हेरफेर, अब १६ जना मात्रै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षा टोलीमा हेरफेर गरेको छ ।

गृह मन्त्रालयले पूर्वराजा ज्ञानेन्द्रको निर्मल निवासमा सशस्त्र प्रहरी बलको कार्यदलबाट २५ जनाको टोली खटिँदै आएकोमा अब १६ जना मात्रै खटाएको छ ।

मन्त्रालयले सशस्त्र प्रहरी बलका डीएसपी जगदिश हमाल नेतृत्वको टोली हटाएर डीएसपी प्रमोद प्रकाश पाठकको कमाण्डमा १६ जनाको टोली खटाएको छ ।

भीभीआईपीलाई दिने सुरक्षा नीतिअनुसार १६ जना सुरक्षाकर्मी खटाउने गरिएको छ ।