ज्ञानेन्द्र शाहीको प्रश्न : देशमा राष्ट्रवादी वा आतंकवादी २ कित्ता छन्, कांग्रेसले कुन रोज्ने ?

ज्ञानेन्द्र शाहीको प्रश्न : देशमा राष्ट्रवादी वा आतंकवादी २ कित्ता छन्, कांग्रेसले कुन रोज्ने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेसले राष्ट्रवादी वा आतंककारी कुन कित्तामा उभिने हो भन्ने स्पष्ट गर्नुपर्ने टिप्पणी गरेका छन् ।

दाङ निर्वाचन क्षेत्र नम्बर १ राप्रपाले लमहीमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै उनले कांग्रेसलाई राष्ट्रवादी कि आतंकवादी कुन कित्ता रोज्ने हो भनेर प्रश्न उठाए ।

उनले सोधे, ‘कांग्रेस कुन कित्तामा उभिने हो ? कांग्रेसले क्लीयर गरोस् । देशमा राष्ट्रवादी र आतंकवादी २ कित्ता छन्, कुन रोज्ने हो ? कांग्रेसले रोजोस् ।’

शान्तिपूर्ण आन्दोलनमा सहभागी भएको निहुँमा झूटा मुद्दा लगाउने प्रयास भए चुप नबस्ने उनले चेतावनी दिए । उनले भने, ‘झूटा मुद्दा लगाए हामी चुप लाग्दैनौं । नभए ‘जेल भर अभियान’ चलाउँछौं ।’