भ्रष्टाचारीहरूको मुटुमा ढ्यांग्रो ठोक्न सफल भयौं : प्रवक्ता शाही

भ्रष्टाचारीहरूको मुटुमा ढ्यांग्रो ठोक्न सफल भयौं : प्रवक्ता शाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवक्ता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीहरूको मुटुमा ढ्यांग्रो ठोक्न सिंहदरबारभित्रै प्रदर्शन गरेको टिप्पणी गरेका छन् ।

राप्रपाले आईतबार आयोजना गरेको प्रदर्शनमा निषेधित क्षेत्र तोड्ने क्रममा सिंहदरबारबाट पक्राउ परेका शाही लगायतका नेता साँझ रिहा भएपछि उनले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्, ‘आज राप्रपाको शक्ति प्रदर्शन होइन, हामीले शुभचिन्तक र राष्ट्रवादीहरूलाई आमन्त्रितसम्म गरेका थिएनौं । आज त कसैलाई बोल्न नपाउने गरेर निषेधित क्षेत्र बनाउँदै जनताको मुख थुन्ने र भ्रष्टहरू रमाउने भ्रष्टाचारीहरूको अखडा सिंहदरबारभित्रै उनीहरूकै मुटुमा गएर ढ्यांग्रो बजाउनुपर्ने थियो । त्यसैले हामीले सिंहदरबारभित्रै प्रदर्शन गरेका हौं ।’