काठमाण्डु – पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मू–काश्मीरस्थित पहलगाममा भएको आतंककारी आक्रमणमा मारिएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
शनिबार समवेदना सन्देश जारी गर्दै उनले घटनामा परी ज्यान गुमाएका १ नेपालीसहित सबै दिवंगतप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
भारत सरकारप्रति गहिरो सहानुभूति व्यक्त गर्दै उनले हिन्दू समुदायलाई नै मर्माहत पार्ने घटनाको जति निन्दा गरे पनि थोरै हुने बताए । उनले घटनाको विश्वव्यापी भत्र्सना र निन्दा गरिनुपर्ने बताए ।
समवेदना सन्देशमा भनिएको छ, ‘बसुधैव कुटुम्बकम्को आदर्श अवलम्बन गर्ने सनातनी वैदिक हिन्दू धर्मावलम्बीको दिव्य मानवीय मान्यता हो । त्यो मान्यताविपरीत यस प्रकारका जघन्य अपराध गर्नु गराइनु सर्वथा धर्म निषिद्ध पाप कर्म हो भन्ने हामी ठान्दछौं । सम्पूर्ण विश्व क्षेत्र र समग्र हिन्दू समुदायलाई नै मर्मान्त पार्न भएको यस्ता घटनाको जति निन्दा गरे पनि थोरै हुन्छ । त्यस्तो घटनाको विश्वव्यापी भत्र्सना हुनुपर्छ र सबैबाट निन्दा गरिनुपर्छ भन्ने हाम्रो धारणा छ ।’
प्रतिक्रिया