ज्ञानेन्द्र मल्लले ईपीएल नखेल्ने

ज्ञानेन्द्र मल्लले ईपीएल नखेल्ने


काठमाण्डु – नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले एभरेष्ट प्रिमियर लिग (ईपीएल) नखेल्ने बताएका छन् । ललितपुर प्याट्रिओट्सका कप्तान रहेका मल्लले आफ्नो व्यक्तिगत कारणबाट ईपीएल खेल्न नसक्ने भनी क्लबलाई जानकारी गराएका हुन् ।

बिहीबार ललितपुर प्याट्रिओट्सले विज्ञप्ति जारी गर्दै कप्तान मल्लले क्लबका सिईओ निरज कोइरालालाई इमेल लेखी आफूले यो संस्करणको ईपीएल खेल्न नसक्ने जानकारी गराएको उल्लेख गराएको छ ।

ईपीएल असोज ९ देखि २३ गतेसम्म काठमाण्डुको त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुँदैछ ।