काठमाण्डु – राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट आफूलाई हटाए पछि ज्ञानेन्द्र मल्लले पत्रकार सम्मेलन गर्ने भएका छन् । मल्लसँगै कारबाहीमा परेका तिन जना खेलाडीले आज पत्रकार सम्मेलन गर्ने जनाइएको छ ।
नेपाल क्रिकेट संघ-क्यानले अनुशासन उल्लंघन गरेको आरोपमा ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानबाट हटाएको थियो ।
सोमपाल कामी र कमलसिंह ऐरीमाथी पनि कारबाही भएको छ ।
प्रतिक्रिया