भुटानबाट फर्किए पूर्वराजा ज्ञानेन्द्र

भुटानबाट फर्किए पूर्वराजा ज्ञानेन्द्र


काठमाण्डु – पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार स्वदेश फर्किएका छन् । चार दिने भुटान भ्रमण सकेर उनी स्वदेश फर्किएका हुन् ।

भुटानी राजपरिवारको निमन्त्रणामा बिहीबार भुटान प्रस्थान गरेका पूर्वराजा शाहले त्यहाँ रहँदा आफूले अध्ययन गरेको दार्जिलिङको नर्थ पोइन्ट स्कूलमा आफ्ना केही सहपाठीसहित पूर्वविद्यार्थीहरूको भेलालाई सम्बोधन गरेका उको सचिवालयले जानकारी दिaएको छ ।

पूर्वराजा शाहाको भुटान भ्रमणबारे आधिकारिक रुपमा भुटान तथा निर्मलनिवासका तर्फबाट आधाकारिक रुपमा केही जानकारी बाहिर ल्याइएको छैन ।

पूर्वराजा शाहको भ्रमण टोलीमा छोरी प्रेरणा, भतिजी सितास्मासहित उनको सचिवालयका सहयोगीहरू थिए।

उनी ड्रुक एयरलाइन्सको विमानबाट आज बिहान सभा ८ बजे उनी त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनको भ्रमणलाई राजनीतिक वृतमा चासोका साथ हेरिएको छ ।