राजावादी फेरि सक्रिय बन्दैः सेनाकै मुख्यालय अगाडि नारा लाग्यो, ‘राजा आऊ देश बचाऊ’

राजावादी फेरि सक्रिय बन्दैः सेनाकै मुख्यालय अगाडि नारा लाग्यो, ‘राजा आऊ देश बचाऊ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो अभिव्यक्ति सार्वजनिक भएसँगै ‘राजावादी’ फेरि सक्रिय बन्न थालेका छन्।

 

 

कात्तिक ४ गते भाइटीकाको दिन पूर्वराजा ज्ञानेन्द्रले, ‘आफू नेतृत्व लिन तयार भएको’ सार्वजनिक अभिव्यक्ति दिएपछि ‘राजावादी’हरु फेरि सक्रिय बन्न थालेका हुन्।

 

 

नेपालमा राजसंस्थाको विधिवत अन्त्य भइ लोकतान्त्रिक गणतन्त्र स्थापना भएको एक दशक वितिसकेको छ। तर, सोमबार राजधानी काठमाडौंमा अखण्ड नेपाल, राजसंस्था, हिन्दू राज्यको माग गर्दै प्रदर्शन भएको छ।

 

 

हिन्दू अधिराज्य स्थापना आन्दोलन समितिले आयोजना गरेको र्यालीमा सहभागीहरूले ‘राजा आऊ, देश बचाऊ’ भन्दै नारा लगाएका थिए। पूर्वराजा ज्ञानेन्द्रको पछिल्लो अभिव्यक्तिको स्वागतस्वरुप र्यालीको आयोजना गरिएको समितिले जनाएको छ।

 

 

रत्नपार्क नेपाली सेनाको मुख्यालय अगाडिदेखि सुरु भएको र्याली भृकुटीमण्डपसम्म पुगेको थियो।

 

मुलुक गणतन्त्रमा प्रवेश भएको एक दशक वित्दा पूर्वराजा ज्ञानेन्द्रका अभिव्यक्ति एकपछि अर्काे गर्दै सार्वजनिक हुँदै जानुलाई कतिपयले अर्थपूर्ण रुपमा लिएका छन्। ‘हिन्दू राज्य’ को माग गर्दै आएका कमल थापा नेतृत्वको राप्रपा अहिले सरकारमा छन्।