काठमाण्डु-चीनमा फैलिएको भनिएको महामारीको विषयमा कतैबाट औपचारिक पुष्टि नभएको संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले बताएका छन् ।
कोभिड–१९ को पाँच वर्षपछि चीनमा फेरि एकपटक नयाँ भाइरसको संक्रमण फैलिएको भन्दै भारतीय र पश्चिमा मिडियामा समाचार आएपछि डा. सुवेदीले यसको औपचारिक पुष्टि नभएको र प्रयोगशालामा पनि प्रमाणिक नभएको स्पष्ट पारेका छन् ।
उनले जारी गरेको वक्तव्यअनुसार ‘ह्युमन मेटान्युमो भाइरसबाट प्रायः हुने सामान्य रुघाखोकी हो र कहिलेकाहीँ मात्र यसले चुस्त रोगप्रतिरोधी प्रणाली भएकालाई पनि निमोनिया (तल्लो श्वासप्रश्वास प्रणालीको संक्रमण) गराउँछ।’
उनले भनेका छन्, ‘त्यसैले भाइरसमा कुनै विशेष उत्परिवर्तन (म्युटेसन) नभईकन यसले मात्रै अहिले चीनमा देखिएको (देखिएकै हो भने) अस्पताल नै टनाटन हुने अवस्था ल्याउँदैन। यो भाइरस इन्फ्लुएन्जा वा पछिल्लो समयको कोभिडजस्तो चाँडो-चाँडो नयाँ उत्परिवर्तन हुने भनेर चिनिएको भाइरस पनि होइन।’
प्रतिक्रिया