हचुवाको भरमा टेम्पो हटाउँदा रोजीरोटि खोसिन्छ भन्दै मुख्यमन्त्री पौडेललाई ध्यानाकर्षण

हचुवाको भरमा टेम्पो हटाउँदा रोजीरोटि खोसिन्छ भन्दै मुख्यमन्त्री पौडेललाई ध्यानाकर्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ- २० बर्षे सवारी विस्थापित गर्दा बिगतका नजिर हेरेर मात्रै निर्णय लिने ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् ।

चैत्र १ गतेबाट २० बर्षे सवारी बिस्थापित गर्ने सरकारको निर्णयको सन्दर्भमा आज ३ नम्बर प्रदेशको मुख्यमन्त्री डोरमणी पौडेललाई ध्यानाकर्षण पत्र बुझाउन काठमाडौ पुगेको टोलिको पत्र बुझ्दै मुख्यमन्त्री पौडेलले व्यवसायीलाई राहत दिएर मात्रै टेम्पो विस्थापित गर्ने आशय व्यक्त गरेका छन् ।

उनले भने,  ‘अरु ठाउँका नजिर हेरेर मात्रै निर्णय गर्छुूस् पौडेलले भन्नुभयो स् व्यवसायीलाई मर्का पर्ने काम गर्दिन ।’

समय अनुसार व्यवसायी पनि चल्नुपर्ने बताउदै मुख्यमन्त्री पौडेलले आपसी समझदारीमा बसेर व्यवसायीको समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरे ।

२० बर्षे सवारी बिस्थापित गर्दा टेम्पोको हकमा विशेष निर्णय गरिदिन माग गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघका बर्गिय संयोजक प्रदिपराज गिरि को नेतृत्वमा गएको टेम्पो तथा मझौला यातायात व्यवसायी सघको टोलीले आज मुख्यमन्त्री डोरमणी पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

मुख्यमन्त्री पौडेललाई ध्यानाकर्षण पत्र बुझाउदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघका बर्गिय संयोजक प्रदिपराज गिरिले प्राविधिक हिसाबले बलियो रहेको टेम्पो सरकारले हचुवा को भरमा हटाउन नहुने बताए ।

टेम्पोले जिल्ला को आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुराएको, जिल्लाबासीलाई सहज रुपमा घर दैलो सेवा दिएको स्मरण गराउदै बर्गीय संयोजक गिरिले टेम्पो बिस्थापित गर्दा सयौं व्यवसायीको रोजीरोटि खोसिने बताए ।

काठमाडौबाट बिक्रम टेम्पो हटाउदा राज्यले व्यवसायी लाई नयाँ सवारी खरिद गर्दा ९९ प्रतिसत भन्सार छुट दिएको गिरिले मुख्यमन्त्री लाई जानकारी गराए ।

टेम्पोले इन्धनको बचत गरेको, सयौं व्यवसायीलाई स्वरोजगार बनाएको र करोडौंको लगानी सुरक्षीत गरेको टेम्पो तथा मझौला यातायात व्यवसायी सघका वरिष्ठ उपाध्यक्ष रन्जना बर्तौलाले बताए ।

चैत्र ०१ गते अर्थात् दुई दिन पछि राज्यले २० बर्षे सवारी विस्थापित गर्ने निर्णय गरेको छ । २० बर्षे सवारी विस्थापित गर्दा टेम्पो को हकमा विशेष निर्णय गर्नको लागि मुख्यमन्त्री लाई ध्यानाकर्षण पत्र बुझाएको टेम्पो तथा मझौला यातायात व्यवसायी सघका महासचिव लक्ष्मण न्यौपानेले जानकारी दिए ।